Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं : ओली

वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं : ओली

  • आइतवार, चैत्र ६ २०७८

  • 810
    SHARES

  • वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं : ओली

    काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय चुनावमा एउटै कुचोले पाँच दललाई बढार्ने दाबी गरेका छन् । इलाममा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले टाँसिदिएका जुँगामा ताउ लगाएर एमालेकै बाकस खाली गर्छौ, भन्ने भन्दै नेकपा एसका नेता झलनाथ खनालप्रति आक्रोश व्यक्त गरे ।

    ‘बाकस कसको खाली हुन्छ आउँदो बैशाख ३० गते तपाईंहरुले देखाइदिनुपर्छ,’ ओलीले कार्यकर्ताहरुसामु भने, ‘एमाले कसैलाई अल्मल्याउने, छक्याउने पार्टी होइन । यो बाटो बनेको भए । यो अन्तरे जन्तरेले मैले ल्याएको भन्ने थिए । यहाँ बाटो बिग्रेको छ यहाँका सांसद खोई । तपाईंहरुले दिएको भोटले सांसदको भत्ता खाइरहेका छन् ।,

    एमालेलाई दुई तिहाई बहुमत ल्याउनबाट रोक्न २०५४ सालमा पार्टी विभाजत गरिएको भन्दै ओलीले भने, 'त्यस समयमा दुई तिहाई के सामान्य बहुमत पनि आएन । अहिले एमालेले त्यो अनुभवबाट पनि सिकेको छ ।'

    उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई आफ्नो पक्षमा पारेर परिणाम आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाए । 'आयोगले एउटा पार्टीको काम गर्ने होइन, ओलीले भने, 'कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहिनेरु कस्तो अचम्मको निर्वाचन आयोग हो ? सूर्य हरियो हुन्छ काँहीरुु उनले आयोग दलहरुसँग परामर्श नगरी एक्लै मनपरी ढंगले अघि बढेको भन्दै असन्तुष्टी जनाएका छन् ।

    स्थानीय तह चुनावमा उम्मेदवारी दर्ताका लागि आयोगले २ दिनको समय तोकेकोमा पनि ओलीले आलोचना गरे ।


    आइतवार, चैत्र ६ २०७८०५:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij