Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सोमबार एमाले पोलिटब्युरो बैठक बस्ने

सोमबार एमाले पोलिटब्युरो बैठक बस्ने

  • आइतवार, चैत्र ६ २०७८

  • 461
    SHARES

  • सोमबार एमाले पोलिटब्युरो बैठक बस्ने

    काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बोलाएको छ । चैत ७ गते बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित ३६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन् । गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावबारे छलफल गर्ने जनाएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक चैत नौ र १० गतेलाई बोलाइएको छ ।


    आइतवार, चैत्र ६ २०७८०५:५६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij