Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : माधव नेपाल

चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : माधव नेपाल

  • सोमवार, चैत्र ७ २०७८

  • 869
    SHARES

  • चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : माधव नेपाल

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताएका छन् । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध्यक्ष नेपालले सत्तागठबन्धनमा रहेका दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए ।

    ‘चुनावमा तालमेल हुन्छ । तर, मोडेलको विषयमा छलफल भएको छैन । आन्तरिक रुपमा रिर्पोटिङ पनि चलिरहेको छ । त्यसपछि मोडेलको विषयमा पनि छलफल हुन्छ।’ अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै वाइबाले भने ।

    सत्ता गठबन्धनमा स्थानीय तहको चुनावमा हुने गठबन्धनबारे अझैं निर्णय हुन सकेको छैन् । गठबन्धन आवद्ध दलका स्थानीय तहमा खटिएको टोलीले ‘रिर्पोट’ बुझाएपछि मात्रै तालमेलको ठोस कुरा हुने नेताहरुले बताइरहेका छन् ।


    सोमवार, चैत्र ७ २०७८०२:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij