Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युएईद्धारा नेपाललाई २०३ रनको लक्ष्य

युएईद्धारा नेपाललाई २०३ रनको लक्ष्य

  • सोमवार, चैत्र ७ २०७८

  • 624
    SHARES

  • युएईद्धारा नेपाललाई २०३ रनको लक्ष्य

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको आयोजक युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।

    दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोड्यो ।

    युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । मुस्तफाले ५० औं एकदिवसिय खेलमा एक हजार रन समेत पुरा गरेका छन् ।

    ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । चिराग सुरीले २६ रनको योगदान गरे ।

    भृत्या अरविन्दले २४ रन जोडे । बसिल हमिद १७ रनमा आउट भए । करण केसी र सोमपाल कामीले समान दुई विकेट हात पारे ।

    आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।


    सोमवार, चैत्र ७ २०७८०२:५९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij