Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्ता छन् एमाले केन्द्रीय कमिटीका कार्यसूची

यस्ता छन् एमाले केन्द्रीय कमिटीका कार्यसूची

  • बुधवार, चैत्र ९ २०७८

  • 609
    SHARES

  • यस्ता छन् एमाले केन्द्रीय कमिटीका कार्यसूची

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ। कार्की ब्यांक्वेटमा जारी बैठकका लागि ११ वटा कार्यसूची तय गरिएको छ।

    बुधबार(आज) १२ बजे सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यहरुको संख्या ११ लाख पुगेको आकलन सुनाएका थिए।

    मंसिरमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनताका सदस्यहरुको संख्या ८ लाख ५५ हजार भए पनि पछिल्लो समय पार्टी प्रवेश गर्नेहरुको लहरले सदस्य संख्या ११ लाख पुगेको उनको आकलन छ।

    त्यस्तै, उनले एमाले वामपन्थीहरुको मात्रै नभएर नेपालको लोकतान्त्रिक आन्दोलनकै नेतृत्वकर्ता भएको बताए। 'संगठनात्मक इतिहास, एकता र एकीकरणको इतिहास, आन्दोलनको इतिहास र त्यसको विरासतको इतिहास, त्यसको उत्तराधिकारको इतिहास अनेक हिसाबले नेकपा एमाले नै हो। देशको सबैभन्दा पुरानो र सबैभन्दा मूलधार बोकेको पार्टी हो भन्न अप्ठ्यारो मान्नुपर्ने स्थिति छैन', उनले भने।

    यस्ता छन् केन्द्रीय कमिटी बैठकका कार्यसूची :
    १ . रिपोर्टिङ
    २ . राजनीतिक प्रतिवेदन
    ३ .विभागहरूको गठन
    ४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
    ५ . घोषणापत्र तयारी
    ६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
    ७ . पार्टी स्थापना दिवस
    ८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
    ९ . सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
    १० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
    ११ . विविध


    बुधवार, चैत्र ९ २०७८०१:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij