Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीपले पूरा गरे ५० विकेट

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीपले पूरा गरे ५० विकेट

  • शनिवार, चैत्र १२ २०७८

  • 543
    SHARES

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीपले पूरा गरे ५० विकेट

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई क्रिकेट० मा ५० विकेट पूरा गरेका छन् ।

    शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् ।

    सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा मात्र सन्दीप विकेटविहीन रहे ।

    आईपीएलसहित विश्वका लगभग सबै फ्रेन्चाइज क्रिकेट खेलेका नेपाली ग्लोवल स्टार सन्दीपले २०२० को फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा करिअरको उत्कृष्ट बलिङ गरेका थिए । विश्वकप लिग टू अन्तर्गतको सो खेलमा उनले ६ ओभर बलिङ गरी १ मेडन राख्नै १६ रन खर्चिएर ६ विकेट लिएका थिए ।

    एकदिवशीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि श्रीलंकाका अजन्था मेण्डिसले १९ इनिङ्समा ५० विकेट पूरा गरेका थिए ।

    टी–२० अन्तर्राष्ट्रियमा भने उनले अघिल्लो महिना ५० विकेट पूरा गरेका हुन् । ओमानमा भएको चारदेशीय शृंखलाअन्तर्गत फागुन २ गते आयरल्याण्डसँगको खेलमा उनले टी–२० करिअरको ५०औं विकेट लिएका थिए । टी–२० अन्तर्राष्ट्रियमा उनको ६२ विकेट पुगिसकेको छ ।


    शनिवार, चैत्र १२ २०७८०२:४१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij