Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ८ जनामा कोरोना संक्रमण, २१० जना निको

थप ८ जनामा कोरोना संक्रमण, २१० जना निको

  • शनिवार, चैत्र १२ २०७८

  • 554
    SHARES

  • थप ८ जनामा कोरोना संक्रमण, २१० जना निको

    काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ३४२ नमूनाको परीक्षण हुँदा आज ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि २१० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । देशभर हाल १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।


    शनिवार, चैत्र १२ २०७८०४:०१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij