Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप, कडा कारबाही गर्न माग

सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप, कडा कारबाही गर्न माग

  • शनिवार, चैत्र १२ २०७८

  • 862
    SHARES

  • सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप, कडा कारबाही गर्न माग

    काठमाडौं – जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

    आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् ।

    जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ ।

    पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुनेछ ।’

    घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले माग गरेको छ । साथै उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

    chait_12_JSP_PRAMOD_SAH-sk.jpg


    शनिवार, चैत्र १२ २०७८०४:१२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij