Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले प्रदेश सभापतिले उठाएका तीन माग सम्बोधन गर्दै

कांग्रेसले प्रदेश सभापतिले उठाएका तीन माग सम्बोधन गर्दै

  • आइतवार, चैत्र १३ २०७८

  • 616
    SHARES

  • कांग्रेसले प्रदेश सभापतिले उठाएका तीन माग सम्बोधन गर्दै

    काठमाडौं – नेपाली कांग्रेसका सात प्रदेश सभापतिहरूले उठाएका मागहरू सम्बोधन हुने भएका छन्।

    जारी केन्द्रीय कार्यसमिति बैठकबाट प्रदेश सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने गृहकार्य कांग्रेसले गरेको छ।

    प्रदेश सभापतिहरूले आफूहरूलाई केन्द्रीय सदस्यसरह केन्द्रीय समिति बैठकमा आमन्त्रण गरिनुपर्ने, प्रदेशमा लेबी दिइनुपर्ने र बरियतालगायत विषय टुंग्याउनुपर्ने माग राख्दै आएका छन्।

    प्रदेश नम्बर १ कांग्रेस सभापति उद्धव थापाका अनुसार प्रदेश सभापतिहरूका माग पार्टीले सम्बोधन गर्ने तयारी गरेको छ।

    ‘हामीले उठाएका मागहरू यो केन्द्रीय कमिटीबाट सम्बोधन हुने भएको छ,’ उनले आज सानेपामा पत्रकारहरूसँग भने, ‘केन्द्रीय समितिमा स्थायी आमन्त्रित सदस्यका रूपमा प्रदेश सभापतिलाई बोलाउने व्यवस्था गर्ने भनेर उपसभापति पूर्णबहादुर खड्काले बताइसक्नुभएको छ।’

    अहिले कांग्रेसका प्रदेश सभापतिहरूलाई उम्मेदवार टुंग्याउने छलफलमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बोलाउने गरिएको छ। प्रदेश सभापतिहरूले केन्द्रीय समितिमा आमन्त्रित रूपमाभन्दा पनि पदेन केन्द्रीय सदस्यका रूपमा बोलाउने व्यवस्था गर्न माग गरेका थिए।

    साथै प्रदेशलाई पनि लेबी दिने व्यवस्था हुन लागेको प्रदेश सभापति थापाले बताए। ‘अब लेबी पनि हामीले नै पाउने व्यवस्था हुन लागेको छ। प्रदेश सांसदले बुझाउने लेबी पाउन थालेपछि प्रदेश पार्टी सञ्चालन गर्न पनि थप सजिलो हुन्छ,’ उनले भने।

    विधानका अप्ठ्यारा विषयहरू छलफलबाटै समाधान गर्ने गरी गृहकार्य भइरहेको उनले बताए। साथै बरियता पनि कांग्रेस सहमहामन्त्रीसरह दिने गरी छलफल भइरहेको छ।


    आइतवार, चैत्र १३ २०७८०४:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij