Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज सुनको भाउमा भारी गिरावट, तोलाको ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार हुँदै

आज सुनको भाउमा भारी गिरावट, तोलाको ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार हुँदै

  • बुधवार, श्रावण २८ २०७७

  • 1.5K
    SHARES

  • आज सुनको भाउमा भारी गिरावट, तोलाको ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार हुँदै

    काठमाडौं, साउन २८ । बुधबार सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ एकैदिन तोलाको ६ हजार २०० रुपैंयाले घटेर ९५ हजार ४०० निर्धारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । मंललबार छापावाल सुन तोलाको एक लाख १ हजार ६०० रुपैंया निर्धारण गरिएको थियो ।

    अन्तराष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले घट्न पुगेपछि नेपाली बजारमा समेत घटेको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १८८४ डलरमा कारोबार भइरहेको छ ।

    चाँदी भने तोलाको १ हजार २१० रुपैंयामा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ एक्कासी उच्च रुपले गिरावट आउनुको मुख्य कारण भनेको कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन रसियामा दर्ता घोषणा हुनु नै हो । कोरोना त्रासका विच आश जगाउने समाचार प्रशासित भएसँगै सुनको भाउ ओरालो लागेको हो ।


    बुधवार, श्रावण २८ २०७७०१:५८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij