Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अधिकारी सम्मानित, राईलाई क्रियाशील युवा पत्रकारिता अवार्ड

नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अधिकारी सम्मानित, राईलाई क्रियाशील युवा पत्रकारिता अवार्ड

  • बिहिवार, चैत्र १७ २०७८

  • 783
    SHARES

  • नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अधिकारी सम्मानित, राईलाई क्रियाशील युवा पत्रकारिता अवार्ड

    काठमाडौँ । नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारी सम्मानित हुनुभएको छ । रिपोर्टस क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा मिडियाको क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील अधिकारीलाई सम्मान गरेको हो ।

    निर्देशक अधिकारीको कुशल व्यवस्थापकीय क्षमतको कदर गर्दै क्लबले सम्मान गरेको हो ।

    यस्तै युवा पत्रकार डाकमान राईलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि रेडियो तथा अनलाइन पत्रकारितामा क्रियाशील पत्रकार राईलाई उहाँको लगनशीलता र इमानदारिताको उच्च मूल्यांकन गर्दै युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

    277346574_520876729414197_561907210127959168_n.jpg

    सोही अवसरमा कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल र तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुवेर चालिसेलाई प्रदान गरिएको छ ।

    दुवै पुरस्कारको राशी १–१ लाख रुपैयाँ हो । पुरस्कृत सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रममा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

     

     


    बिहिवार, चैत्र १७ २०७८०४:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij