काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना निको भएका छन् भने भने कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७७१ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।