Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार घिमिरेको अग्रता कायमै

नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार घिमिरेको अग्रता कायमै

  • बुधवार, चैत्र २३ २०७८

  • 794
    SHARES

  • नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार घिमिरेको अग्रता कायमै

    काठमाडौँ । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे करिब ५ सय मतले अगाडि हुनुहुन्छ । दिउँसोसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले ९३२ मत पाउनुभएको छ ।

    प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ४६३ मत पाउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई करिब ५ सय मतले पछि पार्नुभएको छ ।

    त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाउनुभएको छ । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र २८६ मतले अगाडि हुनुहुन्छ ।

    नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलकाअनुसार महासचिव बाहेक अन्य सबैजसो पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू करिब ४ सय मत अन्तरले अगाडि छन् । हालसम्म करिब १ हजार ५ सय मत गनिएको छ ।

    हालसम्म प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ । त्यस्तै सर्वोच्च अदालत बारको ३६२ मत र ललितपुर बारको २ सय मत गनि सकिएको छ ।

    एमाले निकट प्रगतिशील समूहको पकड रहेको पाटन बार र काठमाडौं जिल्ला बारको मत भने अझै गन्न बाँकी नै छ । बारको निर्वाचनमा करिब ७ हजार ४ सय मत खसको थियो ।


    बुधवार, चैत्र २३ २०७८०१:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij