Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको टिप्पणी-सरकार कुहिएको छ, छिट्टै ढलेन भने देश बर्बादीतिर जान्छ

ओलीको टिप्पणी-सरकार कुहिएको छ, छिट्टै ढलेन भने देश बर्बादीतिर जान्छ

  • बुधवार, चैत्र २३ २०७८

  • 650
    SHARES

  • ओलीको टिप्पणी-सरकार कुहिएको छ, छिट्टै ढलेन भने देश बर्बादीतिर जान्छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गरेका छन् । सरकार जतिसक्दो चाँडो नढलेसम्म देश बर्बादीतिर धकेलिने उनले बताए ।

    ‘यो सरकार तुरुन्तै तुरन्तै तुरुन्तै ढल्नुपर्छ । ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ,’ ओलीले भने, ‘प्रहरी भाइहरूले झुक्किएर ताली हान्नु होला नि फेरि ! देश बनाउन त सबैलाई पनि परेको छ । जीविका चलाउनु परेको छ । कसैले ताली बजाउन मिल्छ कसैले मिल्दैन ।’ 

    यस्तै उनले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको बताए । नेता ओलीले भनेका छन्,‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस् । आफैं ढलोस् ।’ 

    नेता ओलीले बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको बताएका थिए ।

    यस क्रममा उनले नयाँ व्यवसाय गर्न मुस्किल रहेको भन्दै बैंकहरूले पनि व्यवसायका लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै व्यवसायीहरू यतिबेला समस्यामा परेको भन्दै वर्तमान सरकारले त्यसलाई समाधान गर्न नसक्ने उनको जिकिर थियो ।


    बुधवार, चैत्र २३ २०७८०३:४८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij