Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

  • बिहिवार, बैशाख ८ २०७९

  • 643
    SHARES

  • भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आज एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको छ ।

    मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गर्नुभएको छ ।

    भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।

    भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

    हेर्नुहोस् विज्ञप्ति :

    covid-notice-712x1024.jpg


    बिहिवार, बैशाख ८ २०७९०२:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij