Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुधबार ६ हजार २ सय घटेको सुनको भाउ आज बढेर तोलामा ९७ हजार ८ सयमा कारोबार हुँदै

बुधबार ६ हजार २ सय घटेको सुनको भाउ आज बढेर तोलामा ९७ हजार ८ सयमा कारोबार हुँदै

  • बिहिवार, श्रावण २९ २०७७

  • 1.5K
    SHARES

  • बुधबार ६ हजार २ सय घटेको सुनको भाउ आज बढेर तोलामा ९७ हजार ८ सयमा कारोबार हुँदै

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि हुनु स्वभाविक हो । यही क्रममा हिजो (बुधबार) प्रतितोला ६ हजार २ सय रुपैयाँले घट्यो सुनको भाउ आज (बिहीबार) पुन: बढेको छ ।

    गत साता मात्रै मूल्यमा रेकर्ड कायम गरेको सुनको भाउ हिजो (बुधबार) एकै दिन ६ हजार २ सय रुपैयाँले झरेको थियो । आज (बिहीबार) छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अस्ति (मंगलबार) छापावाल सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो (बुधबार) छापावाल सुन प्रतितोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी हिजो (बुधबार) ९४ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनको भाउ आज (बिहीबार) भने ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुनमा पनि प्रतितोला २४ सय रुपैयाँले मूल्य बढोत्तरी भएको हो ।

    यसैगरी अस्ति (मंगलबार) १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ हिजो (बुधबार) एकैदिन २२५ रुपैयाँले घटेर कारोबार भएको थियो । हिजो (बुधबार) प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज (बिहीबार) भने १२ सय ९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको हो ।


    बिहिवार, श्रावण २९ २०७७०३:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij