Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप १३ जनामा कोरोना संक्रमण

देशभर थप १३ जनामा कोरोना संक्रमण

  • आइतवार, बैशाख ११ २०७९

  • 474
    SHARES

  • देशभर थप १३ जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९२४ पुगेको छ । ती मध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, बैशाख ११ २०७९०४:१८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij