Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वृद्ध भत्ता हामीले सुरू गरेका हौं, ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरे : माधव नेपाल

वृद्ध भत्ता हामीले सुरू गरेका हौं, ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरे : माधव नेपाल

  • बिहिवार, बैशाख १५ २०७९

  • 810
    SHARES

  • वृद्ध भत्ता हामीले सुरू गरेका हौं, ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरे : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरेका छन् ।

    बिहीबार(आज) राजधानीमा आयोजित एकीकृत नेपाल कम्युनिस्ट पार्टी सँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष)ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरे ।

    ‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ उनले भनेका छन्, ‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले ग¥यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’

    ओली ३ वर्ष सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उनको दाबी छ । ओलीको चर्को आलोचना गरेका उनले ‘गफाडी नम्बर १’को संज्ञा दिए ।

    उनले केपी ओलीले पनि यति र ओम्नीबाट देशलाई चुस्ने काम गरेको आरोप लगाएमा छन् । गफमा ओली अगाडि र काममा आफूहरु अगाडि रहेको नेपालले दाबी गरे । आफूहरु र ओलीको तुलना गर्दा इमान तथा निष्ठाको राजनीति र बेइमानीको ग्राफ निकाल्ने हो भने थाहा हुने नेपालको भनाइ छ ।


    बिहिवार, बैशाख १५ २०७९०३:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij