काठमाडौं– पत्रकारहरुसँग बोल्ने क्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमालेका काठमाडौं मेयर उम्मेदवार केशव स्थापितको नै 'गेम इज वोभर' भएको बताएका छन्। केही दिन अघि मात्रै स्थापितले पत्रकारहसँगको कुराकानीमा आफुसँग कसैले प्रतिस्पर्दा गर्न नसक्ने भएकाले अहिले नै 'गेम' इज वोभर भइसकेको बताएका थिए।
कार्यक्रममा बोल्ने क्रममा महतले भने राजनीति मनोरञ्जन होइन। अहिले देश नै मनोरञ्जनमय भाको छ। हुदा हुदा हामिलाइ पनि के लाग्न थालेको छ भने राजनीतिमा जसले ज्यादा मनोरञ्जन दिन्छ त्यसैलाइ निर्बाचित गर्ने हो कि भन्ने भ्रम पैदा हुन थालेको छ। राजनीति मनोरञ्जनको बिषय नभएको र अहिले काठमाडौंमा केवल मनोरञ्जन मात्र भएको महतको दावी छ।