काठमाडौं । लोक तथा दोहोरी गायक तथा सर्जक नरेश खातीको ‘मेरो बाबा भगवान’ सार्वजनिक भएको छ । कुशे औंशीरबुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गाती र गायिका एलिना चौहानको आवाज रहेको छ । खातीकै शब्द, संगीत रहेको गीतमा बाबा सुपर म्यान, मेरो बाबा ज्युज्यान मेरो बाबा भगवान शब्द रहेका छन् ।
बाबाले आफ्नो सन्तानको लागि गर्ने त्याग, माया र दुखलाई गीतमा समेटिएको छ । लिरिकल भिडियोसहित सार्वजनिक गरिएको गीतमा सन्तानकोलागि बाबाको माया, त्याग र दुखलाई मुख्य गरेर दर्शाइएको छ ।
सन्तानको लागि आमा र बाबाको माया र त्यागलाई कम बढि भनेर तुलना गर्न त मिल्दैन तरपनि आमा सम्बन्धि गीतहरु थुप्रै आएका छन् र बनेका छन् तर बाबा सम्बन्धिका गीतहरु बजारमा एकदमै कम देख्न र सुन्न सकिन्छ । यहिक्रममा बाबा बिशेष गीत बजारमा ल्याएको सर्जक खातीको भनाई छ । गीतलाई मेक्सम नरेश नामक अफिसिय युट्युवमार्फत सार्वजनिक गएिको हो ।
यसअघि ‘मेरी छोरी’ गीत बनाएका खातीको त्यो गीतले युट्युबमा एक करोड भ्यु कटाएका थियो । अर्को गीत ‘माया मारेर’ले पनि एक करोड भ्यु नाघेको छ ।