Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धनलाई आसन्न निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्छ : ओली

गठबन्धनलाई आसन्न निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्छ : ओली

  • बिहिवार, बैशाख २२ २०७९

  • 750
    SHARES

  • गठबन्धनलाई आसन्न निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आसन्न स्थानिय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताउनुभएको छ ।

    कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्न बनेको गठबन्धनलाई यहिँ निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताउनुभयो ।

    उहाँले कुनै गन्तव्य नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको ओलीले आरोप लगाउनुभयो ।

    ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणापत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाउनुभयो ।

    ओलीले कांग्रेसको घोषणपत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको टिप्पणी गर्नुभएको छ ।

    अध्यक्ष ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको दाबी गर्नुभयो ।


    बिहिवार, बैशाख २२ २०७९०२:००:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij