Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उच्च अदालतद्धा पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश माग

उच्च अदालतद्धा पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश माग

  • बिहिवार, बैशाख २२ २०७९

  • 913
    SHARES

  • उच्च अदालतद्धा पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश माग

    काठमाडैं – उच्च अदालत पोखराले अभिनेता पल शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ ।

    बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

    आरोपित शाहले दुबै जिल्ला जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।

    उच्च अदालत पोखराले १५ वैशाखमा दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो । बिहीबार भने उच्च अदालतले जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि माग गरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए ।


    बिहिवार, बैशाख २२ २०७९०४:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij