Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरलाई सिर्जना सिंहको नेतृत्व आवश्यक : पौडेल

काठमाडौं महानगरलाई सिर्जना सिंहको नेतृत्व आवश्यक : पौडेल

  • शुक्रवार, बैशाख २३ २०७९

  • 611
    SHARES

  • काठमाडौं महानगरलाई सिर्जना सिंहको नेतृत्व आवश्यक : पौडेल

     

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको औचित्य पुष्टि हुनेगरी मतपरिणाम आउनुपर्ने बताउनुभएको छ ।
    गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्दै नेता पौडेलले काठमाडौंको विकासका लागि सिर्जना सिंहको नेतृत्व विजयी हुनुपर्ने बताउनुभयो । महानगरको विकासका लागि उम्मेदवारले ईमान्दार भएर काम गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

    गठबन्धन संविधानलाई बचाउनका लागि बनेको उल्लेख गर्दै पौडेलले यसको मर्म अनुसार सबैले हिड्नुपर्ने औँलयाउनुभयो । राजनीतिक स्थिरताको लागि गठबन्धन आवश्यक भएको भन्दै अबको समय एकजुट भएर विकासमा लाग्ने रहेको पौडेलले बताउनुभयो ।

    प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक अस्थिरताको मुख्य पात्र भएको पौडेलको आरोप छ । ओलीले मुलुकलाई संकटतर्फ धकेलेको उहाँको भनाइ छ । खुला दिल बनाएर अगाडि नबढे पुनः प्रतिगमन हाबी हुने पौडेलको दाबी छ ।


    शुक्रवार, बैशाख २३ २०७९०४:३१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij