काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका र चितवनको भरतपुर महानगरपकलिकाले महिला उम्मेदवार पाउनु गर्व गर्न लायक भएको बताउनुभएको छ ।
साथै देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको समेत दाबी गर्नुभयो । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट माग्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले भरतपुरको मेयरमा रेनुलाई नउठाउन प्रचण्डले भनेपनि आफ्नै बलमा उठाएको बताउनुभयो ।
प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको देउवाको भनाइ छ । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।