काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाउनुभएको छ ।
एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नभएपछि अनावश्यक हल्ला चलाएर भ्रमको खेती छरिरहेको डा. महतको भनाइ छ । कांग्रेसले झुटको खेती नगर्ने भन्दै महतले मुलुकमा समावेशिताको सिद्धान्त लागू गर्ने पनि कांग्रेस नै भएको बताउनुभयो ।
ओली संघीयताको विरोधी मात्र नभइ अहिलेको व्यवस्था धरासायी पार्न खोज्ने मुख्य पात्र रहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसले कार्यान्वयन गरेको नीति र कार्यक्रमको ब्याज साँवा खाने पार्टी एमाले रहेको महतको भनाइ छ ।
विकासका कार्यक्रममा कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले एमसीसी मुलुकको हीतमा रहेको दाबी गर्नुभयो । एमालेले महत्वकांक्षी योजना बनाएर जनताको आँखामा छारो हाल्ने काम गरिरहेको महतको दाबी छ । पानी जहाज चलाउने, घरघरमा ग्यास पाइपलाइन बिस्तार गर्ने ओलीको योजना अहिले आएर हराएको महतको भनाइ छ ।