Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

  • बुधवार, बैशाख २८ २०७९

  • 547
    SHARES

  • पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

    जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

    काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन । नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।

    यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।


    बुधवार, बैशाख २८ २०७९०९:३१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij