Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारी र निजी विद्यालयमा हप्तामा दुई दिन बिदा दिने निर्णय

सरकारी र निजी विद्यालयमा हप्तामा दुई दिन बिदा दिने निर्णय

  • बुधवार, बैशाख २८ २०७९

  • 1.1K
    SHARES

  • सरकारी र निजी विद्यालयमा हप्तामा दुई दिन बिदा दिने निर्णय

    काठमाडौं – शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

    मन्त्रालयमा आज बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।

    सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरेपनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको छ ।

    शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुनेछ ।

    मन्त्रालयको निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।


    बुधवार, बैशाख २८ २०७९०४:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij