काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
डोटीको जोरायल गाउँपालिकामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको व्यहोरासहितको उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।