Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

  • बिहिवार, बैशाख २९ २०७९

  • 636
    SHARES

  • भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

    बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा पुगेर मतदाता प्रभावित पारेको एमालेले जनाएको छ ।

    भरतपुरका मतदातासमेत रहेका अध्यक्ष प्रचण्डले भरतपुर-१० स्थित रेनु दाहालको घरमा भेटघाट गरिरहेका छन् । बुधबार दिउँसो चार बजे भरतपुर आएका उनले बिहीबार विहान माडीमा होटल प्याराडाइजमा उम्मेदवार र स्थानीय नेतालाई भेट गरेका छन् ।

    वागमती प्रदेशका मन्त्रीहरु घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र कृष्ण खनाल पनि भरतपुरमै छन् ।

    चितवनको भरतपुर महानगरपालिकाको मेयरमा मुख्य प्रतिस्पर्धीमा नेकपा एमालेका विजय सुवेदी र नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल रहेका छन् ।

    नेकपा एमालेले मन्त्री किसान श्रेष्ठ र राज्यमन्त्री उमेशले मतदाता प्रभावित पार्न आर्थिक चलखेल गरेको सूचना आएको भन्दै छानबिन गर्न माग गरेको छ ।

    जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ ।’


    बिहिवार, बैशाख २९ २०७९०४:१२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij