काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न आममतदातामा अपिल गरेका छन् ।
शुक्रबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गृहमन्त्री खाणले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न अपिल गरेका हुन् ।
स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पा्ेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’ उनले भने ।
मतदाताको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुर्याउने गृहमन्त्री खाणको विश्वास छ । मतदान केन्द्रको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको दाी गर्दै उनले आम मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।