Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कम्तीमा २५ वटा केन्द्रको मतदान स्थगित

कम्तीमा २५ वटा केन्द्रको मतदान स्थगित

  • शुक्रवार, बैशाख ३० २०७९

  • 742
    SHARES

  • कम्तीमा २५ वटा केन्द्रको मतदान स्थगित

    काठमाडौं - स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको सूचना आयोगमा आइसकेको छ ।

    स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।

    ‘केही मतदान केन्द्रमा मतदातालाई आउन नदिने गरी गौंडा–गौडामा अवरोध गरिएको पाइएकाले पनि मतदान स्थगित भएको छ,’ स्रोतले भन्यो,‘बेलुकासम्म मतदान स्थगित भएका सबै विवरण प्राप्त हुन्छ ।’


    शुक्रवार, बैशाख ३० २०७९०६:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij