Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा बालेनको फराकिलो अग्रता, दोस्रोमा कांग्रेस

काठमाडौंमा बालेनको फराकिलो अग्रता, दोस्रोमा कांग्रेस

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.9K
    SHARES

  • काठमाडौंमा बालेनको फराकिलो अग्रता, दोस्रोमा कांग्रेस

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।

    महानगरको वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

    मतगणनाको पछिल्लो अपडे‍ट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११–११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

    यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।


    कुल मिलाएर अहिलेसम्म ७५ भोटको गणना सकिएकोमा बालेनले सर्वाधिक २२ मत ल्याएका छन् । दोस्रोमा सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् ।

    २०७४ मा यी दुवै वडा एमालेले जितेका थिए । सुरुवाती परिणामअनुसार एमालेका स्थापित दुवै वडामा तेस्रोमा छन् ।


    शनिवार, बैशाख ३१ २०७९१२:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij