Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
स्थानीय तह निर्वाचन

२१ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम !

२१ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम !

  • आइतवार, जेठ १ २०७९

  • 982
    SHARES

  • २१ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम !

    काठमाडौँ । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ ।

    अहिलेसम्म २१ वटा स्थानीय तहको परिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार कांग्रेस र एमालेले ८/८ पालिकाको नेतृत्व जितेका छन् । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।

    त्यस्तै, माओवादी केन्द्रले तीन पालिकाको नेतृत्व जितेको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ। उसले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।

    यो समाचार तयार पार्दासम्मको परिणामअनुसार नेपाली कांग्रेसले २६८ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १७९ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १०७, नेकपा एकीकृत समाजवादीले १२, र जसपाले २६ स्थानमा अग्रता बनाएका छन् ।

    हेर्नुस्, कुन पार्टीले कुन पालिकाको नेतृत्व जिते?
    एमाले
    १ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
    कान्छा घले/एमाले
    २ चामे गाउँपालिका/मनाङ
    लोकेन्द्र वहादुर घले/एमाले
    ३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
    लोप्साङ छोम्पेल विष्ट/एमाले
    ४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
    रिङजीन नामगेल गुरुङ/एमाले
    ५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
    टसी न्हर्वु गुरुङ/एमाले
    ६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
    धावा सम्डुक गुरुङ/एमाले-
    ७ खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बु
    मिङमा छिरी शेर्पा/एमाले
    ८ साइपाल गाउँपालिका/बझाङ
    मानवीर बोहरा/एमाले

    नेपाली कांग्रेस
    १ घरपझोङ गाउँपालिका/ मुस्ताङ
    मोहन सिंह लालचन/ काग्रेस- 
    २ नार्पाभूमि गाउँपालिका/ मनाङ
    कोन्जो तेन्जीङ लामा/ काग्रेस-
    ३ नासोँ गाउँपालिका/ मनाङ
    धन बहादुर गुरुङ/ काग्रेस-
    ४ गन्यापधुरा गाउँपालिका
    ईन्द्रबहादुर कार्की/कांग्रेस-
    ५ रेसुंगा नगरपालिका
    खिलध्वज पन्थी/कांग्रेस-
    ६ गुल्मीदरबार गाउँपालिका/गुल्मी
    सरोजकुमार थापा/कांग्रेस
    ७ खार्पुनाथ गाउँपालिका/हुम्ला
    कर्णबहादुर रावल/कांग्रेस
    ८ बडीकेदार गाउँपालिका/डोटी
    भैरव बहादुर साउँद/कांग्रेस

    माओवादी केन्द्र
    १ जगदुल्ला गाउँपालिका/डोल्पा
    नारा सिं रोकाया /माओवादी केन्द्र
    २ नौमुले गाउँपालिका/दैलेख
    छविराम सुवेदी/माओवादी केन्द्र
    ३ ताराखोला गाउँपालिका/बागलुङ
    धनबहादुर बिक /माओवादी केन्द्र

    एकीकृत समाजवादी

    १ काइके गाउँपालिका/डोल्पा
    अंगद कुमार राना/एकीकृत समाजवादी
    २ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
    सेनाङ गुरुङ/ एकीकृत समाजवादी


    आइतवार, जेठ १ २०७९१०:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij