Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विजय जुलुस निकालिरहेको बेला हारको नतिजा घोषणा

विजय जुलुस निकालिरहेको बेला हारको नतिजा घोषणा

  • सोमवार, जेठ २ २०७९

  • 858
    SHARES

  • विजय जुलुस निकालिरहेको बेला हारको नतिजा घोषणा

    काठमाडौं – बर्दियाको गुलरियामा एक जना उम्मेदवारले निर्वाचित भएको घोषणा पछि विजय जुलुस निकालिरहेको बेला उनी पराजित भएको नतिजा सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगका कर्मचारीले गुलरिया नगरपालिका वडा नम्बर४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए ।

    आफ्ना समर्थक सहित विजय जुलुसमा सहभागी भइरहेको बेला पुनः परिणाम सच्याएर कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको घोषणा गरिएको थियो । त्यसपछि एमाले कार्यकर्ताहरुको विजय जुलुस विरोधमा परिणत भएको थियो ।

    मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले कम्प्युटरमा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएकाले सच्याउनु परेको बताए । ‘थोरै कर्मचारी रात–दिन काममा खटिंदा डाटा रुजु गर्ने बेला तलमाथि हुन पुगेछ,’ कुँवरले भने ।

    आयोग कर्मचारी स्रोतका अनुसार एमाले उम्मेदवार अजमेर अलि नाउले ११३८ मत पाएका थिए । कांग्रेसका इस्राइल बेहनाले ११०० मत पाएका थिए ।

    तर इस्राइलले पाएको ४६ मत जोड्न भुलेपछि अजमेर अलि नाउलाई निर्वाचित भएको घोषणा गरिएको थियो । तर पछि रुजु गर्दा इस्राइलले पाएको मत ११४६ मत भयो । त्यसपछि अजमेर निर्वाचित भएको घोषणालाई सच्याएर इस्राइल निर्वाचित भएको घोषणा गरिएको थियो ।

    निर्वाचन आयोगको वेबसाइटमा भने सोमबार साँझ साढे ५ बजेसम्म पनि एमालेका अजमेर र कांग्रेसका इस्राइल दुवै वडा सदस्यहरु निर्वाचित भएको उल्लेख छ ।

    वडा ४ मा नेपाली कांग्रेसका सरेश गौतम निर्वाचित भएका थिए ।


    सोमवार, जेठ २ २०७९०६:११:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij