Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

४०३ स्थानको परिणाम : नेतृत्वमा कांग्रेसको बाजी, पछिपछि एमाले

४०३ स्थानको परिणाम : नेतृत्वमा कांग्रेसको बाजी, पछिपछि एमाले

  • बुधवार, जेठ ४ २०७९

  • 1.3K
    SHARES

  • ४०३ स्थानको परिणाम : नेतृत्वमा कांग्रेसको बाजी, पछिपछि एमाले

    काठमाडौं । स्थानीय तह निर्वाचनको नजिता आउने क्रम जारी छ। अहिलेसम्म देशभरका ४ सय ३ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

    सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै स्थानीय तहमा सत्तारुढ नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसले अहिलेसम्म १ सय ८४ स्थानीय तहमा जित निकालेको भने १ सय ३० स्थानीय तहमा अग्रता कायम राखेको छ।

    नेकपा एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म एमाले १ सय १४ स्थानमा विजयी भएको छ भने ८४ स्थानीय तहमा अगाडि छ। सार्वजनिक परिणाम अनुसार अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

    माओवादी केन्द्रले अहिलेसम्म ८२ स्थानीय तहमा जित निकालेको छ भने ३३ स्थानीय तहमा अग्रता कायम राखेको छ।

    त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ६ स्थानीय तहमा विजयी भएको छ भने १६ स्थानीय तहमा अघि छ।

    जसपाले अहिलेसम्म ५ स्थानीय तहमा जित निकालेको छ भने २९ स्थानीय तहमा अघि छ। स्वतन्त्र उम्मेदवारले अहिलेसम्म १२ स्थानीय तह जितेका छन्।


    बुधवार, जेठ ४ २०७९०६:०३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij