Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
स्थानीय तह निर्वाचन

४४२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसलाई २ सय ४ स्थानको नेतृत्व

४४२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसलाई २ सय ४ स्थानको नेतृत्व

एमालेलाई पछ्याउँदै माओवादी
  • बुधवार, जेठ ४ २०७९

  • 1.1K
    SHARES

  • ४४२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसलाई २ सय ४ स्थानको नेतृत्व

    काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । अहिलेसम्मको परिणामअनुसार कांग्रेसले २ सय ४ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ४२ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय ४ स्थानीय तहमा जित हासिल गरेको हो । कांग्रेसले १ सय १७ स्थानीय तहमा अग्रता कायमै गरिरहेको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको एमाले भने दोस्रो स्थानमा झर्ने देखिएको छ । एमालेले यो समाचार तयार पार्दासम्म १ सय २७ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७१ स्थानीय तहमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ८५ स्थानीय तहमा जित हासिल गरेको छ भने ३० स्थानीय तहमा अग्रता लिइरहेको छ ।

    एकीकृत समाजवादीले ७ स्थानीय तहमा जित निकालेको छ । उसका उम्मेदवारले १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित निकाल्दा २८ स्थानीय तहमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १४ स्थानीय तहमा जित हासिल गरेका छन् भने १३ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

    स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष जित्नेमा पनि कांग्रेस नै अग्रस्थानमा छ । उसले यो समाचार तयार पार्दासम्म १ सय ९५ स्थानीय तहमा जित हासिल गरेको छ । उसले ९५ उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ । उपप्रमुख/उपाध्यक्षमा एमालेका १ सय २९ उम्मेदवार विजयी भएका छन् भने १ सय ७ ले अग्रता कायम राखेका छन् । माओवादी केन्द्रबाट ९३ उपप्रमुख÷उपाध्यक्ष उम्मेदवार जितेका छन् भने ३२ ले अग्रता लिइरहेका छन् ।

    एकीकृत समाजवादीबाट १४ उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका छन् भने ८ उम्मेदवारले अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीका ६ र स्वतन्त्र तथा साना दलका ६ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् । जसपाका २३, लोसपाका ११ र स्वतन्त्र तथा साना दलका ९ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले अग्रता कायम गरेका छन् ।


    बुधवार, जेठ ४ २०७९११:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij