Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक सोमबारका लागि तय

नेकपा सचिवालय बैठक सोमबारका लागि तय

  • आइतवार, श्रावण ३२ २०७७

  • 638
    SHARES

  • नेकपा सचिवालय बैठक सोमबारका लागि तय

    काठमाडौं । लामो समयको विवादकाबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बस्ने भएकोे छ । बैठक भाली (सोमबार) बिहान साढे नौ बजे बस्न लागेको हो ।

    भोलिका लागी बैठक तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । खनालका अनुसार सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश  दिइने छ ।

    हिजो (शनिबार) वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरूको माग बमोजिम नै सचिवालय बैठक बस्न लागेको हो । नेकपाको स्थायी कमिटी बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि नेकपा भित्रको विवाद चुलिएको हो । विवादका कारण नेकपाको स्थायी कमिटी बैठक पटक –पटक स्थगित हँदै आएको छ ।


    आइतवार, श्रावण ३२ २०७७०१:५७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij