Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मतपरिणाम घोषणापछि सिलबन्दी मतपेटिका भेटिएपछि...

मतपरिणाम घोषणापछि सिलबन्दी मतपेटिका भेटिएपछि...

  • बिहिवार, जेठ ५ २०७९

  • 462
    SHARES

  • मतपरिणाम घोषणापछि सिलबन्दी मतपेटिका भेटिएपछि...

    काठमाडौं - महोत्तरीको बर्दिबास वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको पाइएको छ ।

    बर्दिबासको अन्तिम नतिजा सार्वजनिकको पर्खाईमा रहेका नगरबासी मतपेटिका भेटिएको खबरले आश्चर्यमा परेका छन् ।

    बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् ।

    बर्दिबास ८ अन्तर्गत बेलगाछी- ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को बाकस अर्कै वडाकोमा फेला परेको तामाङले बताइन् ।

    मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको तामाङले बताइन् । वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा विजयी भएको घोषणा गरिसकेको छ ।


    बिहिवार, जेठ ५ २०७९०२:५६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij