Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

  • शुक्रवार, जेठ ६ २०७९

  • 420
    SHARES

  • एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

    काठमाडौं । मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार १७८ वटामा विजयी बनेका हुन् ।

    आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । विभिन्न कारण स्थगित भएका तीन वटा केन्द्रमा निर्वाचन हुन बाँकी नै रहेको छ ।

    मतगणना सम्पन्न भएका पालिकामध्ये एमालेले नेपाली कांग्रेस पछाडि बढी स्थानमा विजय प्राप्त गरेको छ । कांग्रेसले भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

    आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।


    शुक्रवार, जेठ ६ २०७९१०:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij