Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गाउँपालिका अध्यक्षको पहिलो निर्णय : जनयुद्धमा वेपत्ता भएको सम्झनामा चौतारी निर्माण गर्ने

गाउँपालिका अध्यक्षको पहिलो निर्णय : जनयुद्धमा वेपत्ता भएको सम्झनामा चौतारी निर्माण गर्ने

  • शुक्रवार, जेठ ६ २०७९

  • 960
    SHARES

  • गाउँपालिका अध्यक्षको पहिलो निर्णय : जनयुद्धमा वेपत्ता भएको सम्झनामा चौतारी निर्माण गर्ने

    काठमाडौं । जति जोगी आएपनि कानै चिरेका भन्ने उखान हाम्रो देश नेपालमा सधैं चर्चाको विषय नै बनिरहन्छ । अझँ, त्यसमापनि राजनीति प्रति जनताको वितृष्णा सगरमाथाको चुचुरोमा पुगेका बेला म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले यस्तै जनताका आशामाथि कुठाराघात गर्ने निर्णय गरेका छन् । उनले अब जनयुद्धमा वेपत्ता भएको सम्झनामा चौतारी निर्माण गर्ने भएका छन् ।

    भनिन्छ, ‘आजको दिन कस्तो हुने भनेर बिहानीले संकेत गर्छ’, त्यस्तै गाउँपालिका अध्यक्ष भण्डारीले आफु निर्वाचित भएपछिको पहिलो निर्णय नै जनयुद्धमा वेपत्ता भएको सम्झनामा चौतारी निर्माण गर्ने गरेका छन् ।

    कसैको सम्झनामा चौतारी निर्माण गर्ने कुरा आफैमा नराम्रो कुरा चाहिँ होइन् तर जुन गाउँमा सौचालयको कमि छ, शिक्षा र विध्यालय भवनको अवस्था यति दयनीय छ कि विद्यार्थीहरु विद्यालयको नाम सुनेपछि डराउनु पर्ने स्थिती छ, त्यस्तो गाउँमा भण्डारीको पहिलो निर्णय नै कसैको सम्झनामा चौतारी निर्माण गर्ने कुरा कत्तिको जायज हुन्छ यसको मूल्याकनत त भोलिको दिनमा त्यहाँका जनताले अवश्य पनि गर्नेछन् ।

    भण्डारीले म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका श्याम प्रसाद रुचाल नेपालीको सम्झनामा चौतारी निर्माण गर्ने टिप्पणी आदेशमा हस्ताक्षर गरेका हुन् । यसको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यवहर्ने छ अर्थात जनताको ढाँड सेकेर लिइएको करबाट बनाईने छ ।


    शुक्रवार, जेठ ६ २०७९१२:५९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij