Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

६६८ स्थानीय तहको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा !

६६८ स्थानीय तहको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा !

  • शुक्रवार, जेठ ६ २०७९

  • 819
    SHARES

  • ६६८ स्थानीय तहको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा !

    काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

    देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ६८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले २ सय ९८ स्थानीय तहमा जित हासिल गरेको छ भने २४ स्थानमा अग्र स्थानमा रहेको छ ।

    यस्तै नेकपा एमाले १ सय ८५ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १५ स्थानमा जित हाँसिल गरेको छ भने ९ स्थानमा अगाडी रहेको छ ।

    अन्य तर्फ २६ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ६ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले २० स्थानमा जित निकालेको छ भने १३ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १५ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९ स्थानमा विजयी हुँदा ७ स्थानमा अगाडी छ ।


    शुक्रवार, जेठ ६ २०७९०९:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij