Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

६८२ स्थानीय तहको अन्तिम नतिजा, ३ सय ४ स्थानमा कांग्रेसको जित

६८२ स्थानीय तहको अन्तिम नतिजा, ३ सय ४ स्थानमा कांग्रेसको जित

  • शनिवार, जेठ ७ २०७९

  • 963
    SHARES

  • ६८२ स्थानीय तहको अन्तिम नतिजा, ३ सय ४ स्थानमा कांग्रेसको जित

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

    देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ३ सय ४ स्थानीय तहमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्र स्थानमा रहेको छ ।

    यस्तै नेकपा एमाले १ सय ८६ पालिकामा विजयी हुँदा १६ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १६ स्थानमा जित हाँसिल गरेको छ भने ६ स्थानमा अगाडी रहेको छ ।

    अन्य तर्फ २७ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ५ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले २३ स्थानमा जित निकालेको छ भने ११ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १६ स्थानमा जितेको छ भने ३ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १० स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडी छ ।


    शनिवार, जेठ ७ २०७९०५:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij