Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ

  • शनिवार, जेठ ७ २०७९

  • 900
    SHARES

  • छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ

    काठमाडौं । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।

    जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

    शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुर्व्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताए ।

    प्रहरीले शिक्षक भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।


    शनिवार, जेठ ७ २०७९०३:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij