Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचनबारे दलहरुको आ-आफ्नै समीक्षा, एमालेको दम्भ उस्तै

निर्वाचनबारे दलहरुको आ-आफ्नै समीक्षा, एमालेको दम्भ उस्तै

  • आइतवार, जेठ ८ २०७९

  • 551
    SHARES

  • निर्वाचनबारे दलहरुको आ-आफ्नै समीक्षा, एमालेको दम्भ उस्तै

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न दलका नेताहरुले दलको बचाउ गर्न शुरु गरेका छन् । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको चुनावी मतपरिणाममा पार्टीभित्रै प्रश्न उठिरहेका बेला उसले यो मतपरिणाम उत्कृष्ट नभइ सन्तोषजनक मात्रै भएको ठहर गरेको छ । यद्यपि कांग्रेस नेताहरुका आआफ्ना भिन्न मत रहेका छन् । कांग्रेस नेता प्रदीप पौडेलका अनुसार समग्र कार्यकर्ताहरुले पार्टीलाई मत दिएका छैनन् । उनीहरुले आफ्नो विवेक प्रयोग गरेकोले मत विभाजन भएको उहाँको भनाइ छ ।

    पाँचदलीय गठबन्धनले नेकपा माओवादी केन्द्रलाई भने लाभ मिलेको छ । माओवादीले अपेक्षित नतिजा ल्याउन सफल भएको छ, उसले १ सय २० पालिकामा प्रमुख र १२५ स्थानमा उपप्रमुखमा जित हासिल गरिसकेको छ । मुलुकका शीर्ष दलहरुले गठबन्धन गरेको र सोही अनुसारको नतिजा आएका माओवादी केन्द्रका नेता रामनारायण बिडारीको भनाइ छ ।

    नेकपा एमाले भने अझै आफ्नो दम्भबाट पछाडि हटेको छैन । गठबन्धन गरेर ल्याएको सिटको औचित्य नहुने बताउने एमालेलाई स्थानीय तह निर्वाचनमा निकै धक्का लागेको छ । राप्रपासँग तालमेल गरेको एमालेले हार स्वीकार गर्नु भन्दा निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ । अरु दलहरुले केही सिटमात्रै थपेको र एक्लाएक्लै लड्ने आँट नभएको एमाले नेता सूर्य थापाको दाबी छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो स्थानमा खुम्चिँदा उसैबाट अगल भएर गएको दल नेकपा एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिमा मेयरमा विजयी हासिल गरेको छ भने पोखरा महानगरमा आफ्नो अग्रता कायम राखेको छ । पछिल्लो समय पुनः बाम एकताको हल्ला चलिरहेका बेला नेकपा एमालेका नेता विष्णु रिमालले भने त्यो सम्भव नभएको र हुनै नसक्ने बताउनुभएको छ ।


    आइतवार, जेठ ८ २०७९०८:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij