Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

७१८ स्थानीय तहको नतिजा घोषणा, यस्तो रह्यो चुनावी महाभिडन्त

७१८ स्थानीय तहको नतिजा घोषणा, यस्तो रह्यो चुनावी महाभिडन्त

  • आइतवार, जेठ ८ २०७९

  • 749
    SHARES

  • ७१८ स्थानीय तहको नतिजा घोषणा, यस्तो रह्यो चुनावी महाभिडन्त

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय १८ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

    यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।

    जसमध्ये नेपाली कांग्रेसले ३ सय १४ तह जित हासिल गरेको छ भने ११ स्थानमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमाले १ सय ९५ पालिकामा विजयी हुँदा ११ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने २ स्थानीय तहमा अगाडि छन् । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४ स्थानमा विजयी हुँदा ३ स्थानमा अगाडि छ । निर्वाचन आयोगका अनुसार अझै ३५ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।


    आइतवार, जेठ ८ २०७९०९:१३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij