Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घनश्याम भुसाल र रामवीर मानन्धरसँग फायर भए राजन भट्टराई, भन्छन् माधवलाई अध्यक्ष बनाउने प्रस्ताव हाँस उठ्दो ! (भिडिओसहित)

घनश्याम भुसाल र रामवीर मानन्धरसँग फायर भए राजन भट्टराई, भन्छन् माधवलाई अध्यक्ष बनाउने प्रस्ताव हाँस उठ्दो ! (भिडिओसहित)

  • सोमवार, जेठ ९ २०७९

  • 1.4K
    SHARES

  • घनश्याम भुसाल र रामवीर मानन्धरसँग फायर भए राजन भट्टराई, भन्छन् माधवलाई अध्यक्ष बनाउने प्रस्ताव हाँस उठ्दो ! (भिडिओसहित)
     
    काठमाडौं - नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सत्तापक्षीय गठबन्धनले एमालेलाई पत्तासाफ गर्ने उद्देश्य राखे पनि उनीहरू सफल नभएको बताएका छन् ।
     
    उनले एमाले सकियो भन्नेहरूलाई संख्या हेर्न पनि आग्रह गरेका छन् । उनले कांग्रेस एक्लै लडेर जितेको र गठबन्धन गरेर जितेको संख्या छुट्याएर हेर्न आग्रह गरेका छन् ।
     
    जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले आफूहरूले अरू दलसँग गठबन्धन नगरेको स्पष्ट पारे । उनले घनश्याम भुसालले भनेको आधारमा पार्टीको केन्द्रीय कमिटी र अध्यक्ष केपी शर्मा ओली चल्नुपर्छ भन्ने नरहेको जिकिर गरे । ०६४ को निर्वाचनमा एमाले पराजित हुँदा तत्कालीन पार्टी नेतृत्वबाट माधव नेपालले राजीनामा दिएको उल्लेख गर्दै भुसालले पनि अहिले अध्यक्ष ओलीको राजीनामा मागेको उल्लेख गर्दै पत्रकार धमलाले प्रश्न गर्दा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
     
    उनले भने,–‘पार्टी अध्यक्ष महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो, अर्को महाधिवेशन नहुञ्जेलसम्म उहाँ नै अध्यक्ष हो । महाधिवेशनमा घनश्यामजीले केपी ओलीलाई भोट हालेको होइन नि । आज पनि हामी दाबीका साथ भन्छौँ कि एमालेको मत घटेको छैन । एक्ला एक्लै कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यो अवस्थामा पार्टीलाई बलियो बनाउने काम कसले गरेको हो ?’ उनले एमाले अहिले बलियो भएको बताए । अहिलेको निर्वाचनमा पनि पार्टीभित्र अन्तरघात भएको दाबी गरे । उनले आगामी निर्वाचनमा पनि एमाले एक्लै लड्ने बताए । उनले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे केही नसोचेको जिकिर गरे । उनले एमाले आफ्नो खुट्टामा उभिएर अघि बढ्ने सुनाए ।

    भिडिओ

     


    सोमवार, जेठ ९ २०७९०३:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij