Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरको मतगणनामा असन्तुष्टि, निर्वाचन अधिकृतको कार्यालयमा निवेदन

काठमाडौं महानगरको मतगणनामा असन्तुष्टि, निर्वाचन अधिकृतको कार्यालयमा निवेदन

  • सोमवार, जेठ ९ २०७९

  • 656
    SHARES

  • काठमाडौं महानगरको मतगणनामा असन्तुष्टि, निर्वाचन अधिकृतको कार्यालयमा निवेदन

    काठमाडौं । आफू करिब २५ हजार मतान्तरले पछि परेपछि काठमाडौं महानगरपालिकाका गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले पुनः मतगणनाको माग गरेका छन् ।

    उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत संकेतलाई सदर मान्नुपर्ने जिकिरसहित उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

    काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहो¥याएर गर्न मागसहितको श्रेष्ठको निवेदन परेको बताए ।

    काठमाडौं महानगरपालिका उपप्रमुखको ठूलो संख्यामा मत बदर भएको छ । आइतबार दिउँसोसम्म मात्र उपप्रमुखमा ३६ हजार मत बदर भएको थियो । तीमध्ये ५० प्रतिशत रुख र कलम दुवैमा मत संकेत गरिएका छन् ।


    सोमवार, जेठ ९ २०७९०३:४२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij