काठमाडौं । १४ सांसदसहित सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी तीन महिनाअघि मात्रै खुलेको सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी भन्दा पछाडि परेको छ ।
चौधरीको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा ४ पालिका जित्दै चौथो स्थानमा छ भने माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीले जम्मा २ ठाउँमा जित हासिल गर्दै पुच्छरमा परेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा ३९ पालिकामा जित निकाल्दै नेपाली कांग्रेस पार्टी पहिलो शक्तिको रुपमा उदाएको छ भने विगतको चुनावमा सुदूरपश्चिम प्रदेशमा पहिलो शक्तिको रुपमा उदाएको नेकपा एमाले यसपालि भने २५ पालिका प्रमुखमा खुम्चिँदै दोस्रो दल बनेको छ ।