काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनका परिणाम सकारात्मक देखिएको बताउनुभयो ।
उहाँले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । उहाँले जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न आग्रह गर्नुभयो ।