Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ईपीजी प्रतिवेदन एक पक्षीय रुपमै भएपनि बुझ्न देउवालाई ओलीको आग्रह

ईपीजी प्रतिवेदन एक पक्षीय रुपमै भएपनि बुझ्न देउवालाई ओलीको आग्रह

  • बिहिवार, जेठ १२ २०७९

  • 521
    SHARES

  • ईपीजी प्रतिवेदन एक पक्षीय रुपमै भएपनि बुझ्न देउवालाई ओलीको आग्रह

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गरेका हुन् ।

    बिहीबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त प्रतिवेदन नेपाल वा भारत जुन देशको प्रधानमन्त्रीले पहिले बुझे पनि हुने बताए ।

    ‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, प्रधानमन्त्रीले पहिले बुझ्नुथ्र्यो। प्रधानन्त्रीजीले बुझ्नु्स् । दुबै तर्फको प्रतिवेदनको सहमतिको प्रतिवेदन हो त्यो । निजी ढंगले कसैले अध्ययन गरेको विषय होइन । भारतले बुझ्दैन भनेर हुन्न’ उनले भने ।

    नेपाल र भारतबीचका विभिन्न समस्या समाधानका लागि दुई देशको प्रधानमन्त्रीस्तरको सहमतिमा बनेको प्रवुद्ध व्यक्ति समूहले दुई वर्ष भन्दा बढी काम गरेर प्रतिवेदन तयार पारेको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा अहिलेसम्म सार्वजनिक भएको छैन ।


    बिहिवार, जेठ १२ २०७९०१:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij